


देशभर थप ३४२१ जनामा कोरोना पुष्टी, १६८६ कोरोनामुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ४ सय २१ जना संक्रमित देखिएका छन् ।
पछिल्ला दिनमा कोरोना परिक्षणको संख्या पनि बढ्दै गइरहेको परिवेशमा पछिल्लो २४ घन्टामा १७ हजार २ सय ७२ परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ६८६ जना कोरोनामुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३ सय १ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७३८ पुगेको छ ।

