१३ औं साफ नेपालमा गर्न फेडेरेसनको प्रस्ताव


काठमाडौं – दक्षिण एसियाली फुटबल फेडेरेसनले १३ औं संस्करणको दक्षिण एसियाली फुटबल (साफ) गेम्स गराउन नेपाललाई पत्र पठाएको छ।

आइतबार एन्फालले सूचना जारी गर्दै आगामी अक्टोबरमा हुने साफ च्याम्पियनसिपको आयोजनाबारे बताएको हो। ‘साफ महासचिव अनवरुल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रतियागिताको लागि प्रस्ताव गर्दै पत्र लेखेका छन्,’ एन्फाले सूचनामा लेखेको छ।

एन्फा महासचिव गुरुङले साफलाई आफूले साफ च्याम्पियनसिपको आयोजनाबारे विस्तृत प्रस्ताव बनाएर पठाउने बताए। साफ च्याम्पियनसिप आयोजना गर्ने अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यकारी समितिको हातमा हुन्छ। साफले एन्फाले प्रस्तुत गरेको विवरण हेरेर प्रतियोतिगा आयोजनाको जिम्मा दिनेछ।

बंगलादेशले प्रतियोगिता आयोजनाबाट आफ्नो नाम फिर्ता लिएपछि गएको शुक्रबार प्रस्तावित आयोजकहरुसँग छलफल गरिएको थियो। गत वर्ष यो प्रतियोगिता बंगलादेशमा आयोजना गर्ने भनिए पनि कोभिड १९ को महामारीका कारण आयोजना हुन सकेको थिएन।

यसअघि सन् १९९७ र २०१३ मा पनि नेपालले साफ गेम्स आयोजना गरिसकेको छ। २०१३ मा नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग हार बेहोरेको थियो। नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन। इन्डियाले सबैभन्दा धेरै सातपटक यो प्रतियोगिता जितेको छ।

प्रतिक्रिया