कोरोनाबाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देवको मृत्यु


सिराहा – कोरोना संक्रमणबाट मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको मृत्यु भएको छ ।

दुई साताअघि कोरोना पुष्टी भएपछि नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको जनाइएको छ ।

सिराहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजकका रुपमा कार्यरत सप्तरीको राजविराजका देवको नोबेल मेडिकल कलेजमा शनिबार मृत्यु भएको अस्पताल सोतले जनाएको छ ।

उनको कोरोना रिपोर्ट नेगेटिभ देखिए पनि क्लिनिकल्ली कोरोना थेट मानिएको अस्पतालले जनाएको छ । दुईसाता अघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए ।

प्रतिक्रिया