प्रचण्ड र उपेन्द्रको सहयोगले कार्यकालमा भिजिवल काम गर्नेछुः प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा अनुभवी नेताहरु रहेको बताएका छन् । संसदमा प्रधानमन्त्रीलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिंदै देउवाले सो कुरा बताएका हुन् ।

गठबन्धनमा रहेका अनुभवी नेताहरुको अनुभवलाई प्रयोग गरेर केही न केही काम गरेर देखाउने प्रतिबद्धता जनाउँदै उनले भने ‘मलाई विश्वास छ, मेरो कार्यकाल पूरा हुँदासम्म केही न केही भिजिवल काम गरेर जानेछु’, देउवाले भने, ‘यो गठबन्धनमा अनुभवी नेताहरु हुनुहुन्छ, प्रचण्डजी, उपेन्द्रजीसहितका नेताहरु हुनुहुन्छ । उहाँहरु समेतलाई विश्वासमा लिएर मेरो कार्यकालभित्र केही न केही भिजिवल काम गरेर जानेछु ।’

सोही क्रममा पैधानमन्त्री देउवाले सरकारको पहिलो प्रथामिकता खोप भएकाले ऋण लिएर भए पनि नेपाली नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने बताए । उनले भने ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’

 

 

प्रतिक्रिया