राष्ट्रपति भण्डारीलाई शितल निवासमा भेटेर फर्किए एमाले अध्यक्ष ओली, के भयो कुराकानी?


काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा भेटवार्ता गरेका छन्।

करिब ४५ मिनेटको भेटवार्ताका क्रममा सामयिक राजनीतिक विषयमा दुवैबीच कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ। विकसित राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो।

एमाले केन्द्रीय कमिटीको बैठकमा राष्ट्रपति भण्डारीमाथि सत्ता गठबन्धनले महाअभियोग लगाउनका लागि तयारी गरेको भन्ने चर्चा गरेका ओलीको यो भेटलाई महत्वपूर्ण मानिएको छ।

सरकार र सत्ता गठबन्धनले गरिरहेको तयारीका विषयमा ओलीलाई सूचना पुगेपछि उनी शितल निवास पुगेको उच्च स्रोतको दाबी छ। सदन स्थगित गरी अध्यादेशमार्फत दल फुटाउने प्रयोजन हुन सक्ने खतरा औंल्याएका ओलीले राष्ट्रपति भण्डारीसँग सोही विषयमा कुराकानी गरेको बताइन्छ।

प्रतिक्रिया