भरतपुरमा गोली हानी हत्या गरिएका युवक सेनाका हवल्दार, कसले गर्यो हत्या?


काठमाडौं – चितवन भरतपुर महानगरपालिका–१७ सिमलडाडामा नहरमा मृत भेटिएका युवकको पहिचान खुलेको छ। मृतक नेपाली सेनाको हवल्दार ३६ वर्षीय भरत गुरुङ रहेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले मृतक नेपाली सेनाका महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौंमा कार्यरत ३६ वर्षीय भरत गुरुङ रहेको खुलेको बताए।

मृकतको घर धादिङ नीलकण्ठ नगरपालिका हो।

प्रहरीका अनुसार घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको छ। मृतक भरतको दाहिने कान र देब्रे कानमा चोट देखिएको छ। प्रारम्भिक अनुसन्धानले उनको गोली हानेर हत्या भएको आशंका गरिएको छ।

बस्तीबाट करिव ३ सय मिटर पर स्थानीयबासीले घोलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। गुरुङको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया