वरिष्ठ कलाकार नेपालीको निधन


काठमाडौं – वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका नेपालीको मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताए ।

८५ वर्षीय नेपाली केही दिनदेखि मुटु रोगबाट बिरामी थिए । दुई छोरीहरूका पिता नेपाली नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् ।

उनको आजै अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया