ओलम्पिक भिलेजमा थप दुई खेलाडीमा देखियो कोरोना संक्रमण


काठमाडौं – टोकियो ओलम्पिकमा कोरानाको खतरा मडारिँदै गएको छ । ओलम्पिक सुरु हुन ५ दिनमात्रै बाँकी रहेको अवस्थामा ओलम्पिक भिलेजमा दुई विदेशी खेलाडी संक्रमित भएका छन् । यसअघि शनिबार मात्रै आयोजक कमिटीका एक विदेशी पदाधिकारीमा संक्रमण देखिएको थियो ।

यद्यपि, अहिलेसम्म आयोजक कमिटीले यी व्यक्तिहरुको राष्ट्रियता खुलाएको छैन । त्यसैगरी ओलम्पिक भिलेज बाहिर बस्ने अर्का एक खेलाडी पनि संक्रमित भएको पाइएको छ । केही दिनअघि जापानकै एक खेलाडी र पाँच कर्मचारी पनि संक्रमित भएका थिए । त्यस्तै, जुडोको टिम बसेको होटलमा पनि आठ कर्मचारीहरुमा संक्रमण देखिएको घटना सार्वजनिक भएको थियो ।

पाँच दिन पहिले मात्रै खोलिएको थियो भिलेज
​पाँच दिन पहिले मात्रै खेलाडीका लागि ओलम्पिक भिलेज खोलिएको थियो । ओलम्पिकका दौरान झन्डै ११ हजार खेलाडी र अन्य धेरै कर्मचारी यहाँ रहनेछन् ।

प्रतिक्रिया