संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। शनिबारको मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया