

महान्यायाधिवक्ता खातीले लिए सपथ

काठमाडौं – महान्यायाधिवक्ता खम्मबहादुर खातीले सपथ लिएका छन् ।
सर्वोच्च अदालतमा एक समारोहका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई हिजो महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

