पछिल्लो २४ घण्टामा २९३६ जनामा संक्रमण पुष्टि, ४३ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज पीसीआर र एन्टीजेन गरि १४ हजार १८३ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआर ९६१३ र ४५६९ जनाको एन्टीजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १७७५ जना निको भएका छन् भने ४३ जना संक्रमितको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । अहिलेसम्म ६ लाख २८ हजार २४३ जना संक्रमित निको र ९ हजार ५०६ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया