पूर्वमन्त्री बस्नेतको निर्देशनमा जिल्लाका विपन्न परिवारलाई राहत वितरण


सिन्धुपाल्चोक – नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्व सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा बिहीबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न. ९ पुरानो गाउँमा रहेका विपन्न परिपारलाई राहत वितरण गरिएको छ ।

पूर्वमन्त्री बस्नेतको निर्देशन र क्षेत्र न. १ क्षत्रिय सभापति बालकृष्ण बस्नेत र व्यवसायी जित श्रेष्ठको समन्वयमा सो वडामा रहेका ३५ घरपरिवारलाई खाद्यान्न (दाल, चामल, नुन, तेल) र सात घरपरिवारलाई आर्थिक सहयोग वितरण गरिएको हो ।

कोरोना महामारीको समयमा जिल्लामा रहेका आर्थिक विपन्न परिवार, अशक्त र बृद्ध बृद्धाहरुका नेपाली कांग्रेसले सहयोग गर्दै आईरहेको छ ।

यसैगरी पूर्वमन्त्री बस्नेतकै निर्देशनमा बलेफी गाउँपालिका वडा न ३ स्थित धुस्कोटमा रहेको स्वास्थ्य चौकीमा पनि बिहीबार तीन वटा आइसोलेसन बेड हस्तान्तण गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया