

अबदेखि कोभिड प्रेस ब्रिफिङ् साताको एक दिनमात्रै हुने

काठमाडौं – स्वास्थ्य मन्त्रालयले अबदेखि कोभिड प्रेस ब्रिफिङ हप्तामा एक दिनमात्रै गर्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हप्तामा २ दिन नियमित गर्दै आएको प्रेस ब्रिफिङ अब एक दिन मात्रै हुनेछ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले अब हप्तामा बुधबार मात्रै कोभिड अपडेट लिएर आउने जानकारी दिए ।
यसअघि प्रत्येक दिन हुने ब्रिफिङको समयलाई घटाएर हप्तामा आइतबार र बुधबार हुँदै आएको थियो ।

