

नेता नेपालविरुद्ध युवा संघ आक्रोसित, सरकार ढाल्न विपक्षीको बुई चढेको भन्दै जलायो पुत्ला

काठमाडौं – एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध राष्ट्रिय युवा संघ आक्रोसित बनेको छ ।
युवा संघका कार्यकर्ताहरु आक्रसित बन्दै कोटेश्वर-बालकुमारीबीचको आकाशे पुलनजिकै नेता नेपालको पुत्ला दहन गरेको हो । आफ्नै पार्टीको सरकार ढाल्न विपक्षी गठबन्धनको बुई चढेको भन्दै सर्वोच्चको आदेशपछि नेपालसँग एमाले संस्थापन पक्ष रुष्ट बनेको छ ।
सर्वोच्चको फैसला आउनु अघिल्लो दिन एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।
बालुवाटार छाडेर निजी निवास पुगेका ओलीले नेपालले एमालेविरुद्ध अपराध गरेकाले पार्टीमा ठाउँ नभएको उद्घोष गरेका थिए ।

