गृहमन्त्री कार्यभार सम्हाल्दै बालकृष्ण खाँणले भने-‘सबैले गम्भीरतापूर्वक काम गर्नुपर्छ’


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेका छन् । मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका खाँणले आज (बुधबार) गृह मन्त्रालयल पुगेर कार्यभार सम्हालेका हुन् ।

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । कार्यभार सम्हाल्दै उनले कोरोना संक्रमणको जटिल अवस्थामा सबैले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।

अग्रपंक्तिमा खटिएर सक्रिय भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गर्दै उनीहरुलाई सरकारले प्रोत्साहन गर्ने र समयमै बजेट निकासा गर्ने बताए । फ्रन्टलाइनरको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले उनीहरुको उपचार र प्रोत्साहन समुचित हिसाबले राज्यले व्यवस्थापन गर्ने गृहमन्त्री खाँणले बताए ।

प्रतिक्रिया