पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प बन्द


काठमाडौं – पाँच विद्यार्थी सङ्गठनले पेट्रोल पम्प तथा ढुवानीका ट्याङ्कर बन्द गर्न थालेका छन्। बुधवार बिहानैदेखि पेट्रोल पम्प बन्द गराउनुका साथै निगमको थानकोट केन्द्रमा धर्ना दिँदै नाराबाजीसमेत गरेका छन्।

उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने घोषणा गरेका थिए।

पाँच विद्यार्थी सङ्गठनमा नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेवि संघ, माओवादी केन्द्रको अनेरास्वियू (क्रान्तिकारी) नेकपा एमालेको माधव नेपाल पक्षको अनेरास्वियु लगायत रहेका छन्।

प्रतिक्रिया