

मन्त्रालय निश्चित भएपछि मात्र जसपाले मन्त्री चयन गर्ने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टीले मंगलबार मन्त्रीको नाम नपठाउने भएको छ ।
जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।
जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले जानकारी दिए ।

