सरकारमा सहभागी हुने विषयमा जसपाले अघि बढायो छलफल


काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी बैठक शुरु भएको छ ।

आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट सहभागि हुने मन्त्रीको विषयमा छलफल हुने बताइएको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा आजै शपथ गराउने तयारी गरिएपछि सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

जनता समाजवादी पार्टीबाट कसलाई सरकारमा पठाउने भन्नेबारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन् । साँझ ६ बजे शपथ कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया