

विपक्षी गठबन्धनको बैठक अहिले बस्दै, मन्त्रालय बाँडफाँटबारे छलफल

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन हुने भएसँगै विपक्षी गठबन्धनको बैठक अहिले बस्दैछ । अहिले केहीबेरपछि सिंहरदरमा बस्ने बैठकमा मन्त्रालय बाँडफाँट शपथलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
छलफलमा एमाले नेता माधवकुमार नेपाल बाहेकका नेता सहभागी हुने जनाइएको छन् । नेता नेपालले सर्वोच्च अदालतले संसद पुनः स्थापना गरिसकेका कारण अब आफू गठबन्धनमा नरहने घोषणा गरिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री नियुक्ति गर्ने तयारी गरेकी छन् ।
राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालका अनुसार केहीबेरमा नै राष्ट्रपतिले देउवालाई नियुक्ति गर्ने तयारी छ । त्यसपछि छलफलपछि मात्रै शपथ ग्रहणको समय तय हुने उनले जानकारी गराए ।

