सर्वोच्चको ठूलो फैसलाः संसद पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी


काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश दिएको छ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई बदर गर्दै पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो आदेश जारी गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विपक्षी गठबन्धनको मागअनुसारको आदेश दिएको हो।

संवैधानिक इजलासमा सर्वसम्मत निर्णयअनुसार आदेश जारी गरिएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फैसला सुनाउने क्रममा बताए।

प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै कांग्रेस सभापति देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रतिक्रिया