

कार्यदलमा सहमतिः ओलीले डाके एमाले स्थायी कमिटी, नेता नेपालको निर्णय के होला?

काठमाडौं– एमाले विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिअनुसार नै अध्यक्ष केपी शर्मा ओलीले सोमबार अपरान्ह स्थायी कमिटीको बैठक डाकेका छन्।
प्रधानमन्त्री समेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बैठक डाकेका हुन्। कार्यदलले तयार पारेको उक्त सहमतिको खाकालाई अनुमोदन गर्ने प्रस्ताव हुनेछ।
तर नेता नेपाल र उनी पक्षीय केही नेताले उक्त सहमतिको प्रस्तावमा असन्तुष्टि जनाइरहेका छन्। यस्तो बेला स्थायी कमिटीको बैठकमा नेता नेपालको सहभागीता होला या नहोला भन्ने विषयलाई पनि चासोको साथ हेरिएको छ।
यद्यपि आफूनिकट केन्द्रीय सदस्यसँगको परामर्शपछि नेता नेपालले निर्णय लिने बताइन्छ।

