

नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं – मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।
बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली टिम बिहिबार दिउँसो नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
नेपालले ढाकामा ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २—० ले पराजित भएको थियो भने दोस्रो मैत्रीपूर्णमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

