

जनावरलाई ह्वाइट हाउस लैजाने यी राष्ट्रपतिहरु

न्यूयोर्क(एजेन्सी)–अमेरिकामा राष्ट्रपतिहरु प्रायः आफूसँग आफ्नो मनपर्ने जनावर लिएर ह्वाइट हाउस छिर्छन् । १८ सय पछि डोनाल्ड ट्रम्प मात्र एक यस्ता राष्ट्रपति थिए, जसले ह्वाइट हाउसमा कुनै जनावर लगेनन् । यद्यपि उनीमाथि कुनै जनावरलाई ह्वाइट हाउसमा ल्याउनका लागि तिब्र दबाब थियो । ट्रम्पका अलावा जेम्सका पोल्क र एन्ड्यू जोनसनले पनि कुनै जनावर लिएर गएका थिएनन् । तर सन् २०२१ मा राष्ट्रपति पदको सपथ लिने तयारीमा रहेका जो बिडेन अमेरिकी राष्ट्रपतिको यो पुरानो परम्परालाई निरन्तरता
जो बिडेन सन् २०२१ मा आफूसँग दुई जर्मन सेफर्ड कुकुरलाई पनि लिएर ह्वाइट हाउस जाँदैछन् । ती कुकुरको नाम च्याम्प र मेजर छ । प्रेसिडेन्सियल पेट म्यूजिमद्वारा तयार पारिएको रिपोर्टका अनुसार अमेरिकाको राष्ट्रपति निवासमा आफ्नो मनपर्ने जनावरका साथ कुकुरलाई पनि लिएर आउने गरिन्छ । जर्ज वासिङ्टनले आफूसँग कैयौं घोडालाई पनि ह्वाइट हाउसमा लगेका थिए । अमेरिकी राष्ट्रपति जोन एडम्सलाई गोही उपहार दिइएको थियो । त्यस्तै कैयौं अमेरिकी राष्ट्रपतिहरुले गीत गाउने चरा पालेका थिए भने वुड्रो विल्सनले भेडा पालेका थिए ।
ह्वाइट हाउसमा एउटा यस्तो कुकुर थियो, जसले पत्रपत्रिकामा लोकप्रियता पाएका थिए । अमेरिकी राष्ट्रपति वारेन जी हार्डिङको त्यो कुकुरको नाम लेडी ब्वाई राखिएको थियो । सन् १९४४ मा अमेरिकी राष्ट्रपति फ्रेङ्कलिन डी रुजवेल्टमाथि दुर्घटनामा घाइते उनको कुकुरको उपचारका लागि अधिक रकम खर्च गरेको आरोपसमेत लागेको थियो । रूजवेल्टले एक भाषणमा ‘तपाईंहरु मेरो, पत्नी र मेरो परिवारको आलोचना गर्न सक्नुहुन्छ, तर मेरो कुकुरको सक्नुहुन्नँ’ भनेका थिए । अर्का राष्ट्रपति लिण्डन जोनसन पनि कुकुरसँगको फोटोलाई लिएर विवादित बनेका थिए ।
बिल क्लिन्टनले आफूसँग टक्सेडो बिरालो ल्याएका थिए । सन् १९९७ मा उनले एक लेब्राडोर लिएका थिए । जर्ज डब्लु बुसका साथ ह्वाइट हाउसमा तीन कुकुर र एक बिरालो थियो । बराक ओबामासँग दुई पोर्चुगली वाटर डग थियो । उनले आफूसँग एक कुकुर भएको दाबी सन् २०१० मा बच्चाको किताब ‘अफ थ्री आई सिंग ः ए लेटर टू माइ डटर्स’मा उल्लेख गरेका थिए । अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टन आफ्नो साथमा कुकुर, गधा, घोडा र परेवालाई ह्वाइट हाउसमा ल्याएका थिए ।

