चार दिनमा कोरोना निको हुनेभन्दा संक्रमित हुनेको संख्या बढी

६३९५ कोरोनामुक्त हुँदा १०११० संक्रमित, ९५ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ ।

सरकारकाले निषेधाज्ञामा केही खुकुलो नीति अवलम्बन गरेसँगै कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । गत चार दिनसम्म लगातार रुपमा कोरोना संक्रमितको संख्या निको हुनेको संख्याभन्दा धेरै देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत असार २१ गते सोमबारका दिन देशभर ११ हजार ५ सय २७ जनाको परिक्षण गरिएकोमा २६२२ जनालाई कोरोना संक्रमण भएको थियो भने सोही दिन २२११ जना मात्र कोरोनामुक्त भएका थिए । त्यसैगरी २३ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै असार २२ गते मंगलबारका दिन देशभर १२५८५ जनाको परिक्षण गरिएकोमा २६३४ संक्रमित देखिएका थिए भने १५६५ जना कोरोनामुक्त भएका थिए । त्यसैगरी १५ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै असार २३ गते अर्थात् बुधबारका दिन देशभर ११८९८ जनाको कोरोना परिक्षण गरिएकोमा २९७९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो भने १३३३ जना मात्र निको भएका थिए । त्यसैगरी २८ जनाको मृत्यु भएको थियो ।

त्यस्तै गत २४ घन्टामा देशभर थप १० हजार ५ सय ४ जनाको परिक्षण गरिएकोमा १८७५ जना कोरोना संक्रमित भएका थिए भने १२८६ जना मात्र कोरोनाविरुद्ध जित हात पारेका थिए । त्यस्तै २९ जनाको मृत्यु भएको थियो ।

यसरी हेर्दा गत चार दिनमा कोरोना परिक्षण गरिएको संख्या ४६ हजार ५ सय १४ जनाको कोरोना परिक्षण गरिएकोमा १० हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने जम्मा ६ हजार ३ सय ९५ जना कोरोनामुक्त भएका छन् । त्यसरी गत चार दिनमा कोरोनामुक्त हुनेको संख्या भन्दा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १५ ले बढी रहेको छ ।

त्यस्तै गत चार दिनमा ९५ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ३ सय २० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ६ लाख ९२ हजार ८ सय ४९ जना कोरोना संक्रमण पुष्टी भएको छ भने ती मध्ये ६ हजार १५ हजार ६ सय १३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा जनाइएको छ ।

प्रतिक्रिया