

कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

काठमाडौं – बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उपमहानगरका प्रवक्त रामप्रसाद रेग्मीका अनुसार उनको आज बिहान ८ बजे उपचारका क्रममा काठमाण्डुको ह्याम्स अस्पतालमा मृत्यु भएको हो । वडाध्यक्ष आचार्यले कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाएका थिए ।
गत असार १० गते कोरोना संक्रमण पुष्टिभएपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

