

फुट्यो जनता समाजवादी पार्टी, आयोगको औपचारिक निर्णय बाँकी

काठमाडौं– विपक्षी गठबन्धन र प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा विभाजित भएर उभिएको जनता समाजवादी पार्टी (जसपा) सहमतिमा फुटेको छ।
निर्वाचन आयोगमा मंगलबार भएको छलफलका क्रममा जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले पार्टी अलग गर्नका लागि माइन्युटमा सहमतिमा हस्ताक्षर गरेका छन्।
अब निर्वाचन आयोगले न्यायीक निरुपणका लागि इजलास गठन गर्नेछ। राजनीतिक दलसम्बन्धी नियमका आधारमा आयोगले औपचारिक निर्णय गरेपछि दुई पक्षबीच एउटा जसपाको आधिकारिकता पाउने छ भने अर्को पक्षले नयाँ दल दर्ता गराउन सक्नेछ।

