हामी तीनको भेटले कांग्रेसमा उत्साह र नवीन तरंग उत्पन्न गरेको छः प्रकाशमान


काठमाडौं — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ नेतृत्वका बारे गरिएको छलफलले मुलुककै ध्यान खिचेको बताएका छन् ।

सिंहले विमलेन्द्र निधि, डा. शशांक कोइराला र आफूबीचको निरन्तर भइरहेको भेटघाटले कांग्रेसहरुमा उत्साह र नवीन तरंग उत्पन्न गरेको बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै सिंहले, ‘प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको त छ नै, पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको छ,’ भनेका छन् ।

सिंहले आफूहरुले आयोजना गर्न लागेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जनाउँदै आवश्यकताअनुसार भेटघाट र छलफल जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया