

एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने नेपाल पक्षको निर्णय, कारण यस्तो रहेछ

काठमाडौं– नेकपा एमालेको शुक्रबारका लागि डाकिएको केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल समूह सहभागी नहुने भएको छ।
विहीबार बसेको नेपाल समूहको स्थायी कमिटी सदस्यको बैठकले दशौं महाधिवेशन आयोजक कमिटी नै अवैध रहेकाले उसले डाकेको बैठकमा नबस्ने निर्णय गरेको घनश्याम भुसालले जानकारी दिए।
केही सदस्यले बैठकमा जानुपर्ने बताए पनि वैधानिकताको विषयमा पहिला छलफल र सहमति गरेपछि मात्र सहभागी हुने निर्णय भएको बताइएको छ।
२ जेठ, ०७५ मा फर्किएको पार्टीको स्थायी कमिटीले बैठक डाक्नुपर्ने तथा कतिपय नेता थप्ने निर्णय पनि विधिअनुसार हुनुपर्ने नेपाल पक्षको ठहर रहेको बताइन्छ।

