यसकारण पूर्वराजा ज्ञानेन्द्रले नमनाउने भए यसपटकको जन्मोत्सव


काठमाडौं– आगामी साता हुने आफ्नो जन्मोत्सव नमनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले जानकारी दिएका छन्।

मुलुकमा कोभिडको कहरले जनता थलिएको तथा विपदले दुखी भएका कारणले यसपटक २३ असारमा पर्ने जन्मोत्सव नगरिने एक वक्तव्य मार्फत उनले जनाएका हुन्।

देशमा राजनीतिक खिचातानी समेत रहेको सन्दर्भलाई उल्लेख गरेका उनले आफू अहिले स्वस्थ्य रहे पनि जनता दुखी भएका कारणले जन्मोत्सव नमनाउने, तामझाम नगर्ने निर्णय गरेको जनाएका छन्।

प्रतिक्रिया