

राप्ती प्रतिष्ठानमा ‘जुनियर’को सल्लाहकार बस्न कांग्रेस सचिव डाँगीद्वारा अस्विकार

काठमाडौं – राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रमुख सल्लाहकारमा दाङ जिल्ला उद्योग बाणिज्य संघका पुर्बअध्यक्ष नारायण भुसाल नियुक्त भएका छन् ।
भुसालकै संयोजकत्वमा सल्लाहकार समिति सदस्य पनि बनाइएको छ । उक्त समितिमा बस्नका लागि नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले अस्वीकार गरेका छन् ।
सल्लाहकार समितिको सदस्यमा कांग्रेस दाङका सचिब शंकरप्रसाद डाँगी, नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना, नागरिक समाज दाङका पुर्ब संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उबासंघका पुर्ब अध्यक्षहरु हेमराज बन्जाडे, धुर्बराज श्रेष्ठ भारी, रास्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, पत्रकार सबिन प्रियासन, राप्रपाका केन्द्रिय सदस्य वंशिकुमार शर्मा, सस्थागत सल्लाहकारमा दाङ जिल्ला उबासंघका अध्यक्ष टंकसिंह बुढाथोकी, अस्पताल टोल बिकास सस्थाका अध्यक्ष चित्रकान्त आचार्य रहेका छन् ।
यसअघि भुसाल दाङ उबासंघको अध्यक्ष रहदा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितीको नाममा क्रियाशिल थिए । तत्कालिन अबस्थामा प्रतिष्ठानको समस्या समाधान गर्न सस्थागतरुपमा दाङ जिल्ला उबासंघको नेतृत्वमा सर्बदलिय संयन्त्र बनाइएको थियो ।
सरोकार समितिका सबैजसो र त्यसमा केही थप गरेर सल्लाहकार सदस्यमा नियुक्त भएपछि भुसालको कार्यकाल सकिएसंगै केही समय सरोकार समितिको नाममा गतिबिधी भएपनि त्यो लुज फोरम अहिले खारेज भएको छ ।
सल्लाहकार समितिको सदस्यमा कांग्रेस दाङको तर्फबाट जिल्ला सचिब शंकर डागि नबस्ने भन्दै सल्लाहकार समितिमा बस्ने आफ्नो इच्छा नरहेको बताए । आफू भन्दा जुनियर भुसालको संयोजकत्वमा सदस्यमा बस्न डाँगी अनिच्छुक देखीएका हुन ।

