एमाले ओली पक्षीय स्थायी कमिटीले गर्यो जेठ २ मा फर्किने निर्णय


काठमाडौं – नेकपा एमालेका अध्यक्ष ओली पक्षीय नेताहरुको स्थायी कमिटीले नेकपा एमाले जेठ २ मा फर्किने निर्णय गरेको छ । ओली पक्षका नेताहरुको मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

यसबारे बुधबार बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने पनि जनाइएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनस्र्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए ।

प्रतिक्रिया