नेपालसहित ६ मुलुकबाट हुने सिधा उडानमा टर्कीले लगायो रोक


काठमाडौं – कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच टर्कीले सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ ।

यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।

नेपाल सरकारले उडान खुला गरेपनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अप्रिmकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।

 

प्रतिक्रिया