निधि, शशांक र प्रकाशमानको तेस्रो लञ्च मिटिङ चाक्सीबारीमा


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा एक साथ उभिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको तेस्रो लञ्च मिटिङ चाक्सीबारीमा मंगलबार भएको छ।

महाधिवेशनमा तीन मध्ये एक जना सभापतिमा सहमतिका आधारमा उठ्ने छलफल गरेका उनीहरूले यसअघि निधिको घरमा पहिलो, कोइरालाको घरमा दोस्रो लञ्च मिटिङ गरेका थिए।

सहमतिमा उम्मेदवार बनाउनका लागि जोड दिएका तीनै जनाले त्यस्तो अवस्था नबनेमा एक साथ उभिएर महाधिवेशनमा होमिने निधो गरेका छन्।

कांग्रेसमा विविध समीकरणका छलफलले तिव्रता पाएको छ। सोमबार भने सुजाता कोइराला निवासमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच छलफल भएको थियो भने त्यसअघि सभापतिका अर्का उम्मेदवार बन्ने घोषणा गरेका शेखर कोइराला, पौडेल र गगन थापाबीच पनि कुराकानी भएको थियो।

प्रतिक्रिया