बेलायतमा फेरि कोरोना संक्रमण तीब्र: एकै दिनमा २२ हजार ८६८ जनामा संक्रमण


लण्डन – बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झण्डै ७० प्रतिशतले बढेको हो ।

हिजो २४ घण्टाको अवधिमा २२ हजार ८ सय ६८ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत जनवरी ३० पछिको सबैभन्दा बढी हो ।

कोरोना महामारी नियन्त्रणका लागि पटक–पटक थपिएको लकडाउनका बीच पनि संक्रमण दर नघटेको भन्दै नियन्त्रणका लागि थप कदम चाल्ने बेलायत सरकारको तयारी छ । कोराना महामारीकाबीच बेलायतमा ७ करोड ७० लाख भन्दा बढीलाइ खोप दिइएको छ ।

प्रतिक्रिया