१४७७ कोरोना संक्रमित थपिए, २७९८ डिस्चार्ज


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्यासँगै देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ भने कुल संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २७९८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ७३ हजार ४ सय ३० रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२२१ पुगेको छ ।

प्रतिक्रिया