पछिल्लो २४ घन्टामा ४५२२ मा कोरोना पुष्टी, ४९५४ कोरोनामुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ९१३ जनाको परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा ६ लाख २६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ ।

देशभरमा आज ४ हजार ९५४ जना कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म ५ लाख ६४ हजार ८८२ जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ४१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा कोरोनाकै कारण ८ हजार ८ सय १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया