चार दिन अगाडि मात्रै ढलान गरिएको झिमरुक नदीको पक्की पुल बाढीले बगायो 


रुपन्देही – प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका-१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ ।

सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ ।

पुल भदौमा सञ्चालनमा ल्याउने तयारी थियो । संघीय सरकारबाट विनियोजित रकमबाट डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले जानकारी दिए ।

 

प्रतिक्रिया