

शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा, भारत चौथो

काठमाडौं – संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा सूचीकृत भएको छ ।
पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो ।
नेपाली ५६८६ फौजसहित तेस्रो स्थानमा रहन सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए ।

