राजनीतिक एजेण्डाका छलफल बिनानै सकियो नेपाल पक्षको स्थायी समिति बैठक


काठमाडौं – नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ । बैठकले बाढी पीडितको उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएको छ । आजको बैठकमा राजनीतिक एजेन्डामाथि कुनै छलफल भएन ।

दिउँसो १ बजे भर्चुअल माध्यमबाट बसेको बैठक केहीबेर अघिमात्र सकिएको नेपाल समूहका नेता गंगालाल तुलाधरले जानकारी दिए ।

बैठकले देशभरको बाढी पहिरोबाट पीडितहरूको उद्दार र राहतमा खटिन नेता-कार्यकर्तालाई निर्देशन दिएको छ । यसै बैठकमार्फत तुलाधरको संयोजकत्वमा उद्धार र राहतका लागि परिचालन समिति बनाएको छ ।

बैठकमा झलनाथ खनाल र रघुजी पन्तको स्वास्थ्यलाभको कामना गरेको नेपाल समूहका नेता गंगालाल तुलाधरले जानकारी दिए ।

 

प्रतिक्रिया