

नायिका श्वेता भन्छिन्, ‘काठमाडौंलाई पानीको प्यास मेटाएर आँशुको भेलमा डुबेकी मेलम्चीलाई सहयोग गरौं’

काठमाडौं – नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।
श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपीडितका लागि सहयोगको अपिल गरेकी हुन् । उनले अगाडि लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो ।’
श्वेताले बाढीपीडितहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपील गरेको बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु ।’
श्वेताको फेसबुक स्टाटसः

