

थप उपचार गर्न एमाले नेता खनाललाई दिल्ली लगिने

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली लगिने भएको छ।
खनालको सचिवालयका अनुसार उनलाई दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरिनेछ। नर्भिकमा उपचार गराईरहेका उनको रगतमा हेमोग्लोबिन कम देखिएको छ भने ज्वरोमा कमी आएको छैन।
लगातार चार दिनदेखि ज्वरो आएपछि उनलाई नर्भिकमा राखिएको थियो।

