सिन्धुपाल्चाेक बाढी बितण्डाः हेलम्बुमा ५ पुरुष र २ महिलाको शव भेटियो


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा बाढी र पहिरोमा परी बेपत्ता भएका सातै जनाको शव फेला परेको छ।

मंगलबारदेखि आएको बाढीका कारण बेपत्ता भएका ५ पुरुष र २ महिलाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

अहिलेसम्म फेलापरेका शवको सनाखत भने हुन सकेको छैन । ती शव हेलम्बु गाउँपालिका वडा नं. २ का स्थानीयको हुनसक्ने अनुमान गरिएको छ । मंगलबारको बाढीमा उक्त वडाका ७ जना हराएको एक स्थानीयले बताए ।

निरन्तरको वर्षाका कारण मंगलबार नै उद्धार गर्न नसकिएको उक्त स्थानमा अहिले पानी पर्न भने रोकिएको जनाइएको छ ।

पानी पर्न रोकिएपछि डिएसपी प्रकाश सापकोटाको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती शवहरु फेला पारेको जनाइएको छ ।

प्रतिक्रिया