

बाढीको बितण्डाः विपत्तिमा साथ दिन मन्त्री तामाङको अपिल, यस्तो छ मेलम्ची क्षेत्रमा बाढीले निम्त्याएको विपत्तिको ताजारुप (तस्वीरहरु)

काठमाडौं – विगत केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारलगायतका बजारहरु तहसनहस बनेको छ । त्यस्तै उपत्यकाबासीले दशकौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची खानेपानीको ड्याम पनि पूर्णरुपमा क्षतिग्रस्त भएको जनाइएको छ ।
तामाङले सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय र राष्ट्रिय समूदायसँग सहयोग माग्दै लेखेका छन्, ‘मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ ।’
तामाङ अगाडि लेख्छन्, ‘नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु ।’
साथै मन्त्री तामाङले विपत्तिको यस घडीमा प्रत्यक्ष सम्पर्क गर्नका लागि आफ्नो र स्वकिय सचिवको मोबाइल नम्बरसमेत सार्वजनिक गरेका छन्, उनले लेखेका छन्, ‘मलाई सम्पर्क गर्न ९८५१०४०८२१ मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा ९८५११७५३१० हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’
सामाजिक सञ्जालमा देखिएका मेलम्चीका ताजा तस्बिरहरूः

