

अध्यक्ष ओलीले बोलाए माधव पक्षसहितको स्थायी कमिटी बैठक

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटि बैठक बोलाइएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीचको छलफलपछि असार २ बुधबार गतेका लागि बैठकमा बोलाइएको जनाइएको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा माधव नेपाल समूहलाई पनि बोलाइएने जनाइएको छ ।
बैठकमा नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
२ गतेको बैठक अगाडि नेपाल समूहसँग रहेका असमझदारी हटाउने तयारी संस्थापन पक्षको रहेको छ । त्यसका लागि महासचिव पोखरेलले नेपाल समूहका नेताहरुसँग छलफल जारी राखेको स्रोतले जानकारी दियो ।

