

दुई महिनामा तेस्रो पटक मन्त्री बन्दै मनाङ्गे

काठमाडौं – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।
मुख्यमन्त्री नेपालीले आजै तीन जना मन्त्रीमा नियुक्त गर्ने तयारी छ । आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्ने तयारीमा मुख्यमन्त्री छन्।
माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने तयारी छ । मन्त्रालयको भने टुंगो लागेको छैन ।
दीपक मनाङले दुई महिनाभित्र तेस्रो पटक मन्त्री बन्न लागेका हुन् । उनी यसअघि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा दुई पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

