

वैद्यलाई २४ घण्टाभित्र कानुनी कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौँ – नेपाली काँग्रेसका बागमती प्रदेश सभा सांसद नरोत्तम वैद्यलाई २४ घण्टाभित्र कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ ।
रोष्ट्रममै प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति अत्यन्तै निन्दनीय र खेदजनक रहेको भन्दै वैद्यलाई तत्कालै गिरफ्तार गरी योजनाकारहरूमाथि अनुसन्धान अगाडी बढाउन अनेरास्ववियुले माग गरेको हो ।
शनिवार अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्या गर्न तम्तयार रहेको उद्घोष पर्दाभित्र रचिएको असामान्य घटनाको पटाक्षेप रहेको र नरोत्तम प्रतिनिधि पात्र मात्र रहेको बताएका छन्

