एकताका विषयमा नेपाल समूहमा मत विभाजित, लिखित वक्तव्यमा उत्तर


काठमाडौंएमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका लागि गरेको आह्वानका विषयमा माधवकुमार नेपाल समूहको मत विभाजन भएको छ।

सोमबार भएको बैठकमा कतिपय नेताले ओलीको आह्वानमा स्वार्थ लुकेको बताए पनि युवा नेताहरुले भने एकताका लागि पहल गर्नुपर्ने बताएका थिए।

भर्चुअल रुपमा भएको स्थायी कमिटी बैठकमा मत विभाजन भएपछि यसको निर्णयमा पुग्न नसकेको उक्त समूहले लिखित वक्तव्य मार्फत ओलीलाई उत्तर दिने तयारी गरेको छ।

नेपाल समूहले जेठ ०७५ यता ओलीले गरेका केही निर्णयमा सच्चिनुपर्ने अडान राख्नेछन्। पुस पछिल्लो पटक गरिएको प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिनुपर्ने उनीहरुको अडान रहेको सोही विषय लिखित रुपमा आउने बताइएको छ।

प्रतिक्रिया