जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन, समर्थनमा ३६ सांसदले गरे हस्ताक्षर


जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जनता समाजवादी पार्टी ९जसपा०ले प्रदेश २ को संसदीय दलको नेतामा चयन गरेको छ ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा०बीच एकीकरण भए पनि प्रदेशमा दुवै दलका संसदीय नेता रहेका थिए । तर, एकीकरण भएको एक वर्षपछि पार्टीमा आन्तरिक विवाद भएकै समयमा संसदीय दलको नेतामा पूर्व समाजवादी पार्टीबाट राउतलाई चयन गरिएको छ ।

जसपाका कुल ५५ सांसदमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् । पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका २५ जना सांसद रहेकोमा राउतलाई पूर्व राजपाका ६ जना सांसदले समेत समर्थन गरेको पूर्व समाजवादीका एक सांसदले जानकारी दिए ।

जसपाबाट पूर्व राजपा खेमाका नेताहरु ८ मन्त्रालयसहित संघीय सरकारमा गएपछि पूर्व समाजवादी पक्ष प्रदेशमा सत्ता परिवर्तन गर्न लागेको बताइएको छ । त्यसैअनुसार दलको नेतामा राउतलाई चयन गरिएको छ ।

 

प्रतिक्रिया