सुनको मुल्य ७ सय रुपैँयाले बढ्यो, तोलाको कति ?


काठमाडौँ – नेपाली बजारमा सुनको मुल्य आज आइतबार तोलामा ७ सय रुपैयाँले बढेको छ । गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको मुल्य शनिबार विदापछि आइतबार पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मुल्य तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारका लागि तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको आइतबारको खरिद बिक्री मूल्य १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया