

ललिता निवास प्रकरण- ४९ जनाको नाममा रहेको जग्गा सरकारीकरण हुँदै

काठमाडौं । मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको छ ।
आइतवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र पेस गर्न भनेको छ । सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।
दुई महिनाअघिनै ४९ जनाको घरमा म्याद तामेल गरिएकोमा जग्गा को कारण सरकारको नाममा ल्याउन नपर्ने भन्ने जवाफ दिन उपस्थित नभएको सूचनामा उल्लेख छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङलगायत ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो ।
यसअघि नै कुमार रेग्मी र नवीन पौडेलले आफ्नो नाममा रहेको जग्गा सरकारलाई बुझाइसकेकाले उनीहरुमाथि मुद्दा चलेको छैन । बाँकी सबैमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।
यस्तो छ सुचना :

